काठमाडौँ, १२ पौष । लुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-३ पन्चनमा रहेको ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आइतबार फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किँदा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवास राज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए । उनीहरुलाई अस्पताल पुर्याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेको थियो ।
उनका काअनुसार घाइते एक जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ ।










प्रतिक्रिया दिनुहोस्