
करलाई उत्साहि ढँगबाट उठाउँन खास गरी तपाई नगरपालिकामा आएपछि के कस्ता योजना बनेका छन ?
स्थानीय स्वायत्त शासन ऐन, २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को परिधि र मार्गदर्शन बमोजिम यस नगरपालिकाको नगरपरिषद्बाट स्वीकृत दर रेट बमोजिम कर संकलन नगर कार्यपालिकाको कार्यलय र नगरपालिकाको ९ वटै वडा कार्यलयहरुबाट हुँदै आएको छ ।
नगरपालिकाको करलाई व्यवस्थित गर्न अनलाइन कम्प्युटर सफ्टयरको प्रयोग गरिएको छ । यो व्यवस्था यही २०७४ साल बैशाख १ गतेदेखि लागू गरिएको छ । अब नगरपालिकामा कर तिर्दा आम नागरिकले आफ्नो विवरण हेरि जुनसुकै वडा कार्यलयबाट कर, शुल्क, दस्तुर र वक्यौता कर तिर्न सकिने भएको छ ।
नगरपालिकामा दाखिला भएको कर कुन दिन, कहाँ, कुन समयमा कसले कति तिरेको हो ? भन्ने पारदर्शी प्रणालीको समेत व्यवस्था गरिएको छ । साथै, नगर कार्यपालिकाले संकलन गरेको कर रकमको परीक्षण र पुनःपरीक्षण तथा बैंक दाखिला हिसाव मिलान समेत परीक्षण समेत गर्ने ब्यवस्था मिलाइएको छ ।
आन्तरिक लेखा परीक्षकलाई मासिक रुपमा स्थलगत लेखापरीक्षण समेत गरी कुनै कमी कमजोरी देखिएमा थप सुधार गर्न सुझाव पेश गर्न समेत निर्देशन दिएको छु ।
नगरपालिकामा कर तिर्नु भनेको नगरवासीहरुको आफ्नै ठाउँ क्षेत्रको विकास र समृद्धिका लागि हो ? भन्ने चेतना नगरवासी माझ पु¥याउँन यसबीच त्यस्तो केही काम भएका छन ?
नगरपालिकाले वार्षिकरुपमा नै करदाता शिक्षाका लागि बजेट विनियोजन गर्दै आएको छ । विगतमा पनि कर शिक्षा कार्यक्रम नगरपालिकाले गरेको थियो ।
विगतमा संचालन गरेको कर शिक्षा कार्यक्रम त्यति प्रभावकारी नभएकाले, चालू आर्थिक वर्षमा कर शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनका निमित्त कार्यक्रमहरु तय गरिएको छ ।
यसमा करदाताहरुको कर सम्बन्धी विवरण ल्याउनका निमित्त त्यसलाई रिफ्लेट बनाएर कार्यक्रम संचालन गर्ने, त्यस्ता प्रत्येक वडा कार्यालयहरुबाट कर संकलनमा अग्रनी भूमिका खेल्ने सामाजिक कार्यकर्ताहरुलाई सहभागी गराएर तालिम दिने व्यवस्था मिलाइएको छ ।
नगर कार्यपालिकाको कार्यालयमा करका दररेटको विवरणको सूचना पाटी राखिएको छ । ९ वटै वडा कार्यालयमा मुख्य सेवाको विवरण र यस्ता सेवा लिदा तिर्नु बुझाउनु पर्ने कर शुल्कको विवरणको सूचना पाटी समेत राखिएको छ ।
यसबीचमा त्यस्ता सामाजिक कार्यकर्ताहरुलाई सहभागी गराएर त्यस्तो तालिम दिएको छ र ?
अहिले सम्म त्यस्तो तालिम दिएको छैन् । तर, यही चौमासिक भित्र तालिम दिने गरी कार्यक्रम तय गरिएको छ ।
कर तिर्नु पर्छ भनेर आमनगरवासीहरुलाई अभिप्रेरित गर्ने कार्य यसबीचमा त्यस्तो केही गर्दै आएको छ ?
हाम्रा ९ वटा वडा कार्यालयहरु छन । हाम्रो सामाजिक परिचालन कार्यक्रम छ । नागरिक सचेतना केन्द्र र वडा नागरिक मञ्चहरु छन् ।
तिनीहरु मार्फत आमनागरिकले कर तिर्नु पर्छ । र, नगरपालिकालाई तिनु बुझाउँनु पर्ने कर दायित्व भुक्तानी नभएसम्म नगरपालिकाबाट दिइने सेवा प्रभाह हुँदैन भन्ने आमनागरिकलाई यसमा चेतना छ । जानकारी छ । सोही अनरुप उहाँहरुले नगरपालिकामा कर दाखिला गर्दै पनि आउँनु भएको छ । र, नगरपालिकाले दिइने सेवा दिदा पहिला बक्यौता कर भएको अवस्थामा त्यस्ता नागरिकहरुलाई नगरपालिकाले सेवा दिने गरेको छैन ।
स्थानीय स्वायत शासन ऐन, २०५५ र नियावली, २०५६ मा करका दरहरु तोकिएको छ । सोही अनरुप नै सो कुराको जानकारी पत्रपत्रिका लगायत वार्षिक नीति तथा कार्यक्रमको पुस्तिका छपाएर तथा नगर कार्यपालिकाको ओएवसाइटबाट आमनागरिकलाई करका दरहरुको वारेमा जानकारी गराइन्छ ।
र साथै नगरपाकिाको कार्यालयमा परिसरमा पनि करका दरहरुको विवरण सहितको पाटी राखिएको छ त्यसबाट पनि आमनागरिकले जानकारी लिन सक्नु हुन्छ । कर नतिरिकन नगरपालिकाबाट पाइने सेवा सुविधा पाइदैन भन्ने कुरा आमनागरिकलाई राम्रोसँग थाह भएको अवस्था छ ।
नगरपालिकाले विकास निर्माण गर्ने कार्यको श्रोत के कसरी परिचालन हुन्छ ?
नगरपालिकाले काम कारवाही र आफ्ना गतिविधि अघि बढाउँदा नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नै आन्तरिक आयबाट कार्यक्रम संचालन गर्नु पर्ने हुन्छ । सुशासन र विकासका कार्यक्रमहरु संचालन गर्नुपर्ने हुन्छ ।
नेपाल सरकारबाट प्राप्त अनुदान सीमित मात्र हुने र तोकिएको शर्त बमोजिम आउँने भएको हुनाले नगरपालिकाले आफैले स्रोत परिचालन गरेर विकास र सुशासनका कामहरु गर्नु पर्छ । त्यसको बलियो र एकमात्रै आधार भनेको स्थानीय कर नै हो ।
स्थानीय करको सम्बन्धमा मध्यपुर थिमि नगरपालिकाले करका दरहरु निर्धारण गर्दा समेत आमसरोकारवाला वर्गहरुसँग अन्तरक्रिया गरेर के कति करका दरहरु निर्धारण गर्ने भन्ने पनि त्यहाँ तोकिएको हुन्छ । त्यसलाई पनि हामीले आमछलफलमा ल्याएका हुन्छौ । त्यसरी नै करको दरहरु निर्धारण गरिसकेपछि त्यसको संचार पनि आमनागरिकमा गरिएको छ ।
नागरिकले कर तिर्नु नागरिकको कर्तव्य हो भने, नगरपालिकाले प्राप्त गरेको करको सहीरुपमा परिचालन गर्नु नगरपालिकाको पनि दायित्व भित्र पर्दछ ।
त्यसैले यसमा हामीले आम नागरिकलाई हामीले कर तिर्नु पर्छ र हामीले तिरेको करको नगरपालिकाले सहीरुपमा सदुप्रयोग गर्नुपर्छ भन्ने सम्बन्धमा मध्यपुर थिमि नगरपालिकामा दोहोरो संवाद चल्ने गरेको छ । सोही अनुसार नै नीति र कार्यक्रमहरु तयार गर्दै आइएको छ ।
नगरवासीहरुलाई करका बारेमा जानकारी दिने त भन्नु भयो ? त्यस्तो जानकारी के मार्फत दिदै आउँनु भएको छ नी ?
हामीले त्यस्तो जानकारी पत्रपत्रिका मार्फत र साप्ताहिक रुपमा स्थानीय रेडियो कार्यक्रम पनि हामीले संचालन गर्दै आएका छौं । रेडियो मार्फत हामीले जानकारी गराएका हुन्छौ । त्यो संगै विभिन्त्र विषयमा गरिने अन्तरक्रियाका कार्यक्रमहरुबाट पनि हामीले जानकारी गराएका हुन्छौ ।
कर संकलनको अवस्था नगरपालिकामा कस्तो छ अहिले ?
म नगरपालिकाम आइसकेपछि करका दरहरु बढेको छैन् । करको दायरा पनि बढेको छैन् । तर, संकलन दर बढेको छ । नगरपालिकाको वार्षिक लक्ष्य एक महिना अघि नै पूरा भएको छ । अब हामीले संकलन गर्नै कर भनेको हाम्रो वार्षिक लक्ष्य भन्दा बढी हो । हाम्रो लक्ष्य गत महिनामा नै पूरा भएको छ ।
बक्यौता कर कत्तिको छ ? उठाउँनका लागि नगरपालिकासंग केही योजना छ ?
नगरपालिकामा बुझाउँनु पर्ने कर बक्यौताको रुपमा ठूलो परिमाणमा छ । त्यस्ता करलाई असुल उपर गर्नै सम्बन्धमा हामीले बढी जोड दिएका छौ । त्यो ठूलो रकम बक्यौता रहने कर दाताहरुको कर असुलीको सम्बन्धमा भुक्तानीको सम्बन्धमा एउटा समिति समेत गठन भएको छ ।
त्यो समितिले तिर्नु बुझाउँनु पर्ने ठूला कर दाताहरुलाई एक पटक पत्राचार गरेर अहिले दास्रो पटक त्यसको फलोअप गरेर काम गरिरहेको अवस्था छ । मध्यपुर थिमि नगरपालिकामा वक्यैताको रुपमा करोडभन्दा वढि कर तिर्नुपर्ने कर दाताहरु पनि हुनुहुन्छ ।
त्यसमा सरकारी निकाय, गैरसरकारी निकाय, निजी क्षेत्र छ र त्यसको अभिलेख नगरपालिकाले स्पष्टरुपमा राखेको छ । र नगरपालिकालाई तिर्नु बुझाउनु पर्ने कर समयमा नै बुझाउँनु पर्छ । बक्यौता करबाट कानूनत कर दाताले उन्मुक्ति पाउने अवस्था छैन् ।
नगरपालिकाको विकासको आधार भनेको नगरपालिकाले आफैले परिचालन गरेको राजस्व हो । त्यस्तो किसिमको परिचालन गर्ने राजस्व भनेको आमनागरिकले समयमै तिर्ने वुझाउने कर हो, कर तिर्नु भनेको कर दायित्वबाट समयमा नै उन्मुक्ति पाउनु हो । समयमा नै कर तिर्नु भनेको असल नागरिकको पहिचान पनि हो भने नगरपालिकाबाट सम्मान पाउने अवसर पनि हो ।
अन्त्यमा कर सम्वन्धमा मध्यपुर थिमि नगरवासीलाई तपाईको सन्देश केही छ ?
मध्यपुर थिमि नगरकार्यपालिकाको प्रमुखको तर्फबाट म आम नगरवासी मानुभावहरुलाई नगरपालिको स्वीकृत दररेट बमोजिमको कर कम्प्यूटरबाट अभिलेख भिडाई समयमा नै दाखिला गर्न आग्रह गर्दछु । तिर्नु बुझाउनु पर्ने कर दस्तुर र वक्यौता कर दाखिला गरेपछि कम्प्यूटरबाट रसिद लिन नभुल्न आग्रह गर्दछु ।
अव आफुलाई पायक पर्ने वडा कार्यालयमा गएर सजिलै कर दाखिला गर्न सकिने पद्धतिको विकास भएकोले सो अवसरबाट फाइदा लिन समेत आग्रह गर्दछु । कानूनतः नगरपालिकालाई तिर्नु बुझाउनु पर्ने कर वक्यौता करबाट उन्मुक्ति पाउन सक्ने अवस्था हुँदैन ।
वक्यौता कर रहेको अवस्थामा नगरपालिकाबाट पाउने सेवा सुविधाबाट वन्चित हुन पर्ने अवस्था आउन सक्दछ । नगरपालिकालाई कर तिर्नु भनेको आफ्नो सम्पत्ति, व्यवसाय र कारोवारको कानूनी वैधानिकताको एक आधार समेत हो । अतः यस तर्फ सबै सजक रहन र कर शुल्क तथा वक्यौता करलाई थप ब्यवस्थित र बैज्ञानिक बनाउन आम नगरवासीहरुबाट सुझावको समेत अपेक्षा गर्दछु ।
कही, कतै र कसैबाट तथा कुनै श्रोत वा माध्यमबाट कर छली वा चुहावट भएको थाहा भएमा त्यस्तो सूचना नगर कार्यपालिकाको कार्यालयमा दिनुहुन आम नगरवासीमा आग्रह गर्दछु र यस्तो सूचना उपर तत्काल कारवाही अगाडि बढाउने प्रतिवद्धता समेत गर्दछु ।
प्रतिक्रिया दिनुहोस्