समाचार

बिहानैबाट देशभर वर्षा



काठमाडौँ, १४ पौष । देशका धेरै स्थानमा आज वर्षा भइरहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ ।

आज बिहानैबाट काठमाडौंमा वर्षा भइरहेको छ । अहिले देशभर वर्षा भइरहेको छ । यो भोलि बिहानसम्म रहन्छ । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ८.६ डिग्री सेल्सियस रहेको छ । तर, पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुनसक्छ ।

आजराति देशभर सामान्य देखि पूर्णतया बदली  रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागको भनाइ छ ।