काठमाडौँ, १६ पौष । थप २ सय ३५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २८ हजार ४ सय ३१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ७९ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ सय १२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ११ हजार ९ सय ५८ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९४ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्