काठमाडौँ, १८ पौष । आज देशभर सामान्यत मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार केही समय बादल लागे पनि तत्काल हटेर घाम लाग्ने छ । हाल देशका प्रदेश न १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ । साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
आज देशभर आंशिक बदली रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौँको तापक्रम ४.२ डिग्री सेल्सियस रहेको छ । दिउँसो १६–१८ डिग्री सेल्सियससम्म पुग्नेछ । काठमाडौंमा दिउँसो पारिलो घाम लाग्नेछ ।










प्रतिक्रिया दिनुहोस्