काठमाडौँ, २० पौष । सरकारले कोभिड १९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई सरकारले बुस्टर डोजका रूपमा अतिरिक्त खोप लगाउने निर्णय गरेको हो ।
कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई त्यस्तो खोप दिइने सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबारदेखि नै अतिरिक्त खोप दिइने जानकारी दिएका छन् ।











प्रतिक्रिया दिनुहोस्