समाचार

ट्याक्टर पल्टिँदा दुईजनाको मृत्यु



चन्द्रौटा, २० पौष । कपिलवस्तुमा ट्याक्टर पल्टिँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ ।

आज बिहान जिल्लाको बुद्धभूमि नगरपालिका–३, रनगाईमा लु४त २४०२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्याक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो । मृत्यु हुनेमा स्थानीयवासी ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फुलकुमारी थारू रहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

यसैगरी, घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू रहेका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।