समाचार

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु



ललितपुर, २१ पौष । ललितपुरको कुपण्डोलमा मोटरसाइकल दुर्घटना हुदा एक  जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गएराति बा ९५ प ५३३४ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका ९ छम्पी घर भई मंगलबजार बस्ने ३१ वर्षका राजु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक मंगलबजारका ३६ वर्षका दिपेश तामाङको  ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।