समाचार

डेढ किलो सालकको खपटासहित दुई जना पक्राउ



काठमाडौँ, २२ पौष । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँबाट १ किलो ५ सय ग्राम सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौँको कोटेश्वरबाट भोजपुरका रामप्रसाद राई गाउँपालिका–४ घर भएका रुक्मणबहादुर बुर्जामगर र पाँचथर मिक्लाजुङ घर भएका भविन्द्रबहादुर मगरलाई पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तु सालकको खपटा बेचविखन गर्न लागेको सुराकको आधारमा उनीहरुलाई पक्राउ गरेर डिभिजन वन कार्यालय हात्तीसारमा बुझाइएको प्रहरीले जनाएको छ ।