राजनीति

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित



काठमाडौँ, २३ पौष । यही पुस २५ गते बस्ने भनिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

बैठक माघ ८ गतेसम्मका लागि स्थगित गरिएको हो । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार कार्यालयका कर्मचारीहरु र केही केन्द्रीय सदस्यहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएकाले बैठक स्थगित गरिएको हो ।

संक्रमणको जोखिम बढेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्ता भेटघाट बन्द गरेका छन् ।