काठमाडौँ, २६ पौष । कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेसँगै १५ माघसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने भएको हो । यसका लागि आजै सूचना जारी गरिने छ ।
सीसीएमसीसीको आइतबार बसेको बैठकले ओमिक्रनको संक्रमण बढ्दै गएपछि जाडो बिदा लम्ब्याएर विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्