राजनीति

प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदान हुने



काठमाडौँ, २८ पौष । प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ ।

प्रदेशसभामा पेश भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदानबाट टुंग्याइने प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो ।