भत्तपुर, २२ बैशाख । स्थानीय स्तरमा कर कसरी उठाउने, उठाइएको करलाई स्थानीय स्तरमा नै कसरी परिचालन गर्ने भन्ने विषयमा सरोकारवाला निकायका अधिकारीहरुले आफनो धारणा राखेका छन ।
मध्यपुरथिमी नगरपालिकामा आयोजित ‘स्थानीय तह सम्वृद्विको आधार कर शिक्षा’ विषयक विचार गोष्ठिमा विधिन्न सरोकारवाला निकायका अधिकारीहरुले यसको संकलन र परिचालनका विषयमा धारणा राखेका हुन ।
सामाजिक सहयोग मंच भत्तपुरको आयोजनामा भएको कार्यक्रममा मध्यपुरथिमी नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले स्थानीय तहलाई सम्बृद्व बनाउन सबैले कर तिर्नु पर्नेमा जोड दिए ।
उनले सबै नागरिकले आफनो आम्दानीबाट कर तिर्ने भएकका कारण स्थानीय स्तरका विकास र सम्वृद्वीका लागि सबैलाई कर तिर्न आग्रह गरे ।
स्थानीय स्तरमा व्यवसाय, फर्म, घरजग्गा, मालपोत, बहाल कर जस्ता सबै खाले कर समयमा नै दाखिल गरि सम्मानीत नागरिकको पहिचान बनाउन समेत आग्रह गरे ।
कार्यक्रममा सोहि नगरपालिकाकी वित्तिय अधिकृत हरीलक्ष्मी श्रेष्ठले उक्त विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन । कार्यक्रममा सामाजिक सहयोग मंचका अध्यक्ष नरेश्वर ज्ञवाली, सचिव उपेन्द्र केसी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्