काठमाडौँ, २९ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
आज सामाजिक सञ्जालमार्फत सरकारका प्रवक्ता समेत रहेका कार्की कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको बताए ।
उनले भनेका छन, ‘पछिल्ला केहि दिनयता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ ।’ ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ ।’










प्रतिक्रिया दिनुहोस्