Banner News

नेपाली सेनाको प्रवक्तामा सिलवाल नियुक्त



काठमाडौँ, २९ पौष । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् ।

सिलवालले सामाजिक सञ्जालमार्फत आजबाट आफुले सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको जानकारी दिएका छन् ।

उनले भनेका छन् , ‘आजबाट औपचारिक रुपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको छु । यहाँहरुबाट विगतमा झै साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गर्दछु ।’