Banner News

३५५३ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु



काठमाडौँ, २९ पौष । थप ३५ सय ५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ४१ हजार २ सय ९७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ४० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ७१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १५ हजार ३ सय ४७ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय १० जना पुगेको छ ।