काठमाडौँ, ३० पौष । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज बिहान ६ बजे काठमाडौँको तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्