काठमाडौँ, २ माघ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज बिहान तराईका केही स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेनेछ । बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ ।
त्यस्तै आजराति गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ ।देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्