Banner News

त्रिविका परीक्षामा स्वास्थ्य मापदण्ड पालना भए/नभएको अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ, ६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको परीक्षामा स्वास्थ्यका मापदण्ड पालना भए/नभएकोबारे अनुगमन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार परीक्षामा आवश्यक भौतिक दूरीको पालना, स्यानिटाइजर तथा मास्क प्रयोग भए/नभएको अनुगमन गर्न निर्देशन दिएका हुन्  ।  परीक्षाको अनुगमनपछि कोभिड प्रोटोकल पालना नभएको पाइए केही हप्ता स्थगित गराउन निर्देशन समेत दिएका छन ।

त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा रोकेका छैनन् । सङ्क्रमित विद्यार्थीका लागि परीक्षा दिन छुट्टै कक्षाको व्यवस्था गर्न भनिएको छ ।