Banner News

गोदावरीको विकासका लागि मेयरका उम्मेदवार सिलवालका यस्ता छन डेढ दर्जन एजेन्डा



काठमाडौं, २२ वैशाख । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनसँगै नेकपा (एमाले)बाट गोदावरी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका श्यामकृष्ण सिलवाल चर्चाको शिखरमा छन् ।

उनले निर्वाचन नजिकिएसँगै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले आफू मेयरमा निर्वाचित भएको खण्डमा नगरपालिकालाई कस्तो बनाउने भनेर डेढ दर्जन भन्दा बढी योजना ल्याएका छन् ।

सिलवालले नगरपालिका शान्त, संवृद्ध र सुसंस्कृत भएको भन्दै गोदावरी नगरपालिकालाई बहुउद्धेश्यीय पर्यटकीय तथा शैक्षिक केन्द्रका रूपमा विकास गर्दै देशभरकै नमुना स्मार्ट सिटी बनाउन सकिने उनको योजना छ । आफ्नै पालामा आफ्नै स्रोतसाधन र जनशक्ति उपयोग गरी समग्र नगरपालिका सुन्दर शान्त बनाउने योजना सार्वजनिक गरेका छन् ।

 

शिक्षाःसिलवालले फरक क्षमता भएका विद्यार्थीलाई प्रारम्भिकदेखि उच्च तहसम्म निःशुल्क शिक्षासहित शारीरिक तथा बौद्धिक आवश्यकता अनुसारको सुविधा प्रदान गरिने भनेका छन् ।

‘नगरपालिका क्षेत्रभित्रका दलित, असहाय, सीमान्तकृत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न छात्रवृत्ति कोषको स्थापना गरिनेछ’ उनले भनेका छन् ‘नगरपालिका भित्रका हरेक वडामा सुविधा सम्पन्न प्रविधियुक्त पुस्तकालयको स्थापना गरिनेछ । माध्यमिक तहमा नगरक्षेत्र भित्र प्राविधिक तथा व्यावसायिक शिक्षालय स्थापना गरिनेछ ।’

नगरपालिको पहल र स्वमित्वमा मानित विश्वविद्यालय स्थापना गरिने, खुल्ला शिक्षा तथा दूर शिक्षाको व्यवस्था गरिने उनको प्रतिबद्वता पत्रका उल्लेख छ । साथै उनले नगरक्षेत्रभित्र एउटा कृषि क्याम्पस र पोलिटेक्निक इन्स्टिच्युटको स्थापना गरिने जनाएका छन् ।

स्वास्थ्यःबज्रबाराही सामुदायिक अस्पताललाई सुविधा सम्पन्न ५० शैयामा स्तरोन्नति गर्नुका साथै टौखेल र छम्पीमा २५(२५ शैयाको सामुदायिक अस्पताल निर्माण गरिने उनको सिलवालको प्रतिबद्वता रहेको छ । साथै मेडिकल कलेज पनि स्थापना गर्ने उनको योजना रहेको छ ।

युवा खेलकुद तथा मनोरञ्जन: वैदेशिक रोजगार निरुत्साहन गरी स्थानीय श्रोत साधानको अधिकतम उपयोग गरी रोजगारी सृजना गरिने सिलवालको प्रतिबद्वता रहेको छ ।

‘बेरोजगारहरुको तथ्याङ्क सङ्कलन गरी शीप विकास तालिममार्फत क्षमताको आधारमा रोजगारीका अवसर प्रदान गरिनेछ’ उनले भनेका छन्,‘अत्याधुनिक सुविधासम्पन्न व्यायमशाला ध्यान तथा योग केन्द्र स्थापना गरिने छ । युवा बालबालिका तथा वृद्धवृद्धाका लागि पार्क, उद्यान निमार्ण गरिनेछ ।’

सडक तथा यातायातः नगरपालिका क्षेत्र भित्रका सबै बस्तीमा नगरपालिकाको मापदण्डअनुसार कालोपत्रेसहितको स्तरीय सडक पहुँच पुर्रयाइने सिलवालको योजना रहेको छ । उनले आफ्नो चुनावी प्रतिबद्धता पत्र मार्फत नगरस्तरीय चक्रपथको निर्माण गर्ने योजना ल्याएका छन् ।

आवश्यकता अनुसार विभिन्न स्थानमा बसपार्क स्थापना गरी सञ्चालन गरिनेछ, उनले भनेका छन्‘सबै सडकमा सडकपेटी, सौर्य बत्ती, हरियाली सहितको सडक व्यवस्थापन गरिनेछ, प्राथामिकताको आधारमा विद्युतीय बस सञ्चालन गरिनेछ ।’

कृषि, पशुपालन, सिंचाई र वनः राजकुलो १२ महिना सञ्चालनमा आउने प्रबन्ध मिलाईने उनको प्रमुख योजना रहेको छ ।

‘व्यावसायिक तथा अर्गानिक कृषिको प्रवद्र्वन गरिने छ । च्याउ, चिया, कफी, जडिवटीजस्ता एग्रो उद्योगको प्रर्वद्धन गरिनेछ ।’ सिल्वाले आफ्नो प्रतिबद्वता पत्रमा भनेका छन्,‘बजारीकरणको शहजीकरण र व्यवस्थापन गरिने छ । पशुपालन–पशुपंक्षी पालनलाई प्रोत्साहन गरिने छ ।’

धार्मिक वन पूmलचोकि, बज्रवाराही, सन्तानेश्वर, लेले मनकामनालाई संरक्षणको नीतिमार्फत पर्यटकीय र धार्मिक गन्तव्यका रूपमा विकास गरिने पनि सिल्वालको प्रतिबद्वता रहेको छ ।

पर्यटनः गोदावरी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा बिस्तार गर्न भिउ टावर निर्माण गर्ने उनको अर्को योजना हो ।

‘नगरका पर्यटकीय स्थलहरुमा सम्भाव्यता अध्ययन गरी केवलकार र व्यक्तिगत तथा सामुदायिक होमस्टे, सुबिधासम्पन होटेल तथा रेष्टुरेण्टहरु निर्माण गरी पर्यटनमैत्री बनाइनेछ ।’ उनले भनेका छन् ‘नगरक्षेत्रका सांस्कृतिक, धार्मिक, ऐतिहासिक एवं पुरातात्विक स्थानहरुलाई परम्परागत शैली र संरचना संरक्षण क्षेत्रका रूपमा विकास गरी एकीकृत पर्यटन आकर्षण स्थलका रूपमा विकास गरिनेछ ।’

उद्योग व्यवसायः स्थानीय कच्चापदार्थमा आधारित उद्योगको प्रवद्र्धन गरिने र प्रदुशणरहित व्यवस्थापन सहितको उद्योग स्थापनालाई प्राथमिकतामा राखिने तथा स्वरोजगार प्रवद्र्धनका लागि साना तथा तथा घरेलु उद्योग सञ्चालकलाई विशेष सहुलित प्रदान गरिनेछ योजनामा रहेका सिलवाल निश्चित स्थानको छनौट गरी औद्योगिक क्षेत्र निमार्ण गरिने बताउँछन ।

‘नगरभित्रका बजारहरुलाई एकीकृत बजार व्यवस्थापन नीति अनुसार व्यवस्थित गरिनेछ ।’ उनले भनेका छन् ,‘नगरवासीकै साझेदारी र लगानीमा पानी प्रशोधन उद्योग स्थापना गरिनेछ ।’

सामाजिक सुरक्षाः सिलवालले निर्वाचनको समयमा आफ्नो प्रतिबद्वता पत्र सार्वजनिक गर्दै एकल महिला स्वरोजगार कार्यक्रम मार्फत रोजगारीका लागि आवश्यक सहयोग गरिने उल्लेख गरेका छन् । बालबालिका, अल्पसंख्यक, दलित, आदिवासी–जनजाति, सीमान्तकृत लगायतको विकाशका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उनको योजना रहेको छ ।

सुशासन र पारदर्शिताः नगरपालिकाको कार्यसम्पादनमा विश्वव्यापी मान्यतालाई आत्मसात गरी सुशासन र पारदर्शीता कायम गरिने योजनामा छन् मेयरका उम्मेद्ववार सिलवाल ।

‘भष्ट्राचार र अख्तियार दुरुपयोगमा शून्य सहनशिलताको नीति लिइनेछ ।’ उनले भनेका छन्‘नगरपालिकाले नागरिकलाई उपलब्ध गराउने साथ, सुविधा र अन्य प्रशासनिक कार्य नागरिक वडापत्रमा उल्लिखित भए बमोजिम उपलब्ध गराइनेछ ।’ उनको नगरपालिकाका मुख्य क्षेत्रलाई निःशुल्क वाईफाई जोन बनाउने पनि योजना रहेको छ ।

राजस्व र वित्तीय अनुशासनः स्थानीय तहको कानुन विपरीत नहुनेगरी स्थानीय करहरुलाई वैज्ञानिक, प्रगतिशील र पारदर्शी वनाइने योजनामा रहेका सिलवालले करदातालाई आवश्यकता र सेवाभावको हिसाबले समायोजन गर्दै फराकिलो तर न्यून दरको व्यवस्था मिलाइने जनाएका छन् ।

‘५० प्रतिशतभन्दा बढी स्थानीय कच्चा पदार्थ र रोजगारीमा आधारित सेवा तथा उत्पादन उद्योगलाई छुटको व्यवस्था मिलाइनेछ ।’ उनले भनेका छन्,‘आर्थिक कारोबारलाई सहज बनाउन नगरपालिका भित्र बैंकहरुको व्यवस्थापन तथा लघुवित्तका कार्यक्रम शुरुगरी प्रभावकारी अनुगमन गरिनेछ ।’

धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदा संरक्षणः ठेचोको नवदुर्गा जात्रा, गोदावरीको कुण्डमेलाजस्ता १२ बर्से मेला र स्थानीय जात्रा व्यवस्थापन र संरक्षणमा विशेष नीति बनाएर लागु गर्न सकेको खण्डमा यो क्षेत्रले स्थानीयको सान बनाउने र आर्थिक रूपमा पनि टेवा पुग्ने छ । जसका लागि गोदावरी क्षेत्रभित्रका मठमन्दिरको संरक्षणको गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।

उनले भनेका छन्‘ परम्परागत बाजागाजा तथा भजनमण्डल संरक्षणमा विशेष जोड दिइनेछ,नगरभित्रका ढुंगेधाराहरुलाई पानीको स्रोतका रूपमा संरक्षण र सम्वर्धन गरिनेछ ।’