काठमाडौँ, ९ माघ । देशका विभिन्न स्थानमा बिहानैबाट वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अंसार आज बिहान सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
सुदूरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू–भागमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशका भू–भागमा सामान्य बदली रहेको छ ।
त्यस्तै आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा साथै गण्डकी, वाग्मती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखी मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्