काठमाडौँ, १० माघ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वैशाखमा स्थानीय तहको निर्वाचन नगरे पार्टीले ठूलो भूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।
कानुनको कुनै छिद्र देखाएर वैशाखको निर्वाचन सार्ने कोसिस गरिए दीर्घकालमा कांग्रेसलाई ठूलो क्षति पुग्ने उल्लेख गर्दै नेता थापाले भननुभयो, ‘वैशाखको निर्वाचन सार्ने वा कानुनको कुनै छिद्र देखाएर हामीले आफ्ना तात्कालिक स्वार्थहरुलाई पुरा गर्ने कोसिस गरौं भने दीर्घकालमा ठूलो क्षति पुर्याउँछ ।’
स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने उल्लेख गर्दै उहाँले काँग्रेसले यो बेलामा संविधानको मर्म अनुसार स्थानीय चुनाव तत्काल गरिहाल्नु पर्नेमा जोड दिनुभयो । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत देखाएपछि महामन्त्री थापाले संविधान अनुसरण गरेर जानुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘स्थानीय तहको सन्दर्भमा पाँच वर्षको अवधि हुने र स्थानीय तहको रिक्तता नहुने नहुने भन्ने कुराको संविधानमा स्पष्ट छ । त्यो नै आजका दिनमा हामीले अनुसरण गर्ने बाटो हुनुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्