समाचार

थप एक कोरोना संक्रमितको मृत्यु



नेपालगञ्ज, ११ माघ । बाँकेको नेपालगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-२ की ७० वर्षीया महिलाको आज बिहान ७ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।