Banner News

१२,००८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु



काठमाडौँ, ११  माघ । थप १२ हजार ८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख २७ हजार ८ सय ८० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ हजार सय ४० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख २७ हजार २ सय ७९ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय ६७ जना पुगेको छ ।