काठमाडौँ, ११ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी( व्यवसायीहरूलाई आग्रह गर्दै सरकार सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गर्नुभयो । उहाँले उद्योगी, व्यवसायीहरूले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवालेभन्नुभयो, ‘कतिपय सरकारलाई प्रायोरेटिजहरू हुन्छन्, जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरेटीको कुरा भएन, पाइएकै छैन के गर्नु रु यहाँ त्यो उद्योग खोल्नुस्। यस्ता कति कुराहरूमा सहयोग गर्नुपर्ने उद्योग खोल्नुपर्ने कुरा छ । त्यसैले तपाईंहरूलाई त्यो सहयोग दिन हामी तयार छौं । अघि एकजना मित्रले भन्नुभयो, तीन-तीन महिनामा भने पनि भेटघाट हुनुपर्छ सरकार र प्राइभेट क्षेत्रहरूसँग । व्यापार, उद्योग सबै क्षेत्रहरूसँग, त्यो अत्यन्त राम्रो कुरा हो । हामी प्राइभेट एयरलाइन्स मात्रै होइन, उद्योगधन्दाहरू जुनसुकैका पनि सरकार सहयोग गर्न चाहन्छ । अफगानिस्तानमा अत्यन्तै खाद्य संकट छ। त्यसमा युएनएसमेतले अफगानीहरू भोकै मर्न थाले मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका सबै उद्योगपति सबैले मानवीय संकटमा खाद्यान्न पुर्या उने जस्तो कुरामा मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद ।’










प्रतिक्रिया दिनुहोस्