काठमाडौँ, १२ माघ । थप ८ हजार ४ सय ५४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ५४ हजार ८८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ९० हजार ६७ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ४ हजार ४ सय ३३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ३१ हजार ७ सय १२ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७२ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्