समाचार

आजको मौसम



काठमाडौँ, १३ माघ । देशका विभिन्न भागमा वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा हुस्सु र कुहिरो लागिरहेको छ । आज दिउँसो प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राति  प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आज काठमाडौँमा दिउँसो बादल लाग्नेछ । अपराह्नपछि फाटफुट वर्षाको पनि सम्भावना छ । वर्षा र हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।