विश्व

पोर्चुगलमा नेपाली युवकद्वारा आत्महत्या



एजेन्सी, १४ माघ । पोर्चुगलमा एक नेपाली युवकले आत्महत्या गरेका छन् ।

विगत तीन वर्षदेखि गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा । उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले भेटेको थियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका भट्ट पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका थिए । उनी सोही क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्थे । उनको शवलाई प्रहरीले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको थापाले जानकारी दिनुभयो । उनका एक छोरा र श्रीमती छन् ।