Banner News

४९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु



काठमाडौँ, १५ माघ । थप ४ हजार ९ सय ४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ४७ हजार ३ सय ९२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८७ हजार ३ सय ४१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ५ हजार ९ सय २४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ४८ हजार ३ सय ४८ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३ जना पुगेको छ ।