अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १७ माघ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१  हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।