काठमाडौँ, १७ माघ । शेयर बजार परिसूचक नेप्से आज घटेको छ । नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर दुई हजार आठ सय ७१ दशमलव शून्य पाँच विन्दुमा झरेको छ ।
आज माइक्रोफाइनान्स, अन्य र लगानीबाहेक सबै समूहको शेयर घटेको छ । बीमा, उत्पादन र विकास बैंकको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज दुई सय २५ वटा कम्पनीकाे एक करोड एक लाख कित्ता शेयर पाँच अर्ब १५ करोड ४१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एचआईडीसीएलको ५७ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज माउन्टेन हाइड्रो नेपाल र सिभिल लघुवित्त कम्पनीको शेयर झन्डै साढे तीन प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल माइक्रोफाइनान्स र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।










प्रतिक्रिया दिनुहोस्