राजनीति

एमाले नेता कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश



काठमाडौँ, १९ माघ । सिन्धुपाल्चोकका नेकपा एमालेका नेता तथा पूर्वसांसद सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा कर्माचार्यसहितका नेता कार्यकर्तालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराए ।

२०५६ देखि २०६६ सालसम्म नेकपा एमालेको सिन्धुपाल्चोक जिल्ला सचिव रहेका कर्माचार्य २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालिन नेकपा एमालेमा माधवकुमार नेपाल समूहमा रहेका उनी नेता नेपालले पार्टी विभाजन गरे पनि एमालेमै बसेका थिए ।