राजनीति

एमसीसीको नेपाललाई दवाव : १६ फागुनसम्ममा अनुमोदन गर



काठमाडौँ, २३ माघ । अमेरिकाले यहि २८ फेब्रुअरी अर्थात १६ फागुनसम्ममा संसदबाट मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी)को अनुमोदन गरिसक्न पत्र पठाएको छ ।

गएको २९ सेप्टेम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ महिना भित्र संसदबाट अनुमोदन गरिसक्ने भन्दै पत्र पठाएकोमा त्यसबारे उल्लेख गर्दै छिटो पारित गर्नका लागि शुक्रबार पुनः पत्र पठाएको हो ।सो पत्रमा २८ फेब्रुअरी अर्थात १६ फागुन नजिकिएको उल्लेख गर्दै यसलाई अनुमोदन गर्न भनिएको छ । एमसीसीका आवासीय निर्देशक सञ्जय पौडेलले अनुमोदन गर्ने प्रतिवद्धता जनाएको समयावधि नजिकिएकोले यसबारे समयभित्रै अनुमोदन गर्न नेपाल सरकारलाई सञ्चार गरिएको जानकारी दिए ।

नेपालमा हालसम्मकै सबै भन्दा बढी ५० मिलियन डलर अर्थात करिब ५६ अर्बको अनुदान सहायता संसदबाट अनुमोदन नगर्दा अघि बढ्न सकेको छैन । यो समाचार आजको कारोबार दैनिकमा छ ।