काठमाडौँ, २३ माघ । वैदेशिक रोजगारीमा जाने कतिपय युवा अन्जानमा र कतिपय जानजान फस्ने गरेको पाइएको छ ।
सिप नसिकी जाने तोकिए भन्दा बढी पैसा एजैनटलाई बुझाउने र कानूनी दायित्व पूरा नगरी विदेश जाँदा युवाले बढी दुःख पाइरहेका छन् । रोजगारीका लागि विदेशिने युवा धेरै जसो आफ्नबाटै पीडित हुने गरेको पनि पाइएको छ ।विदेश पुग्नसम्म पाए कमाएर पठाइदिन्छ भन्ने गलत मानसिकताका कारण सयौं युवाले दुःख पाइरहेका छन् ।
सिप नसिकी विदेश पुगेर अलपत्र पर्ने,कानूनी प्रकृया नपुर्याई जाने र म्यानपावर कम्पनीहरुलाई कानूनविपरीत मोटो रकम तिर्ने युवाको जमात ठुलो रहेको वैदेशिक रोजगारी व्यवस्थित गर्न प्रयासरत सरोकारवालाले जनाएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्