बुटवल, २४ माघ । रुपन्देहीको बुटवल तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आज बिहान बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार ठाेक्किदा तीन जनाको मृत्यु भएको हो भने २ जना गम्भीर घाइते भएका छ्न् ।
दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृतक र घाइतेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्