समाचार

प्रहरीद्वारा हराएका दुई बालबालिका फेला पारी आफन्तको जिम्मा



नुषा, १ फागुन । प्रहरीले हराएका दुई बालबालिकालाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाकाका अनुसार जनकपुरधाम उपहानगरपालिका–१४ मनिपाल क्षेत्रबाट हराएका पाँच वर्षीय दीक्षान्त दासलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित ब्रह्मपुरी चोकबाट प्रहरीले उद्धार गरेको हो ।

त्यस्तै जनकपुरधामको जानकी मन्दिरबाट हराएकी छ वर्षीया सोनीकुमारी मुखियालाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित पुल्चोकबाट शुक्रबार नै खोजतलास गर्ने क्रममा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले बच्चाहरूलाई घरबाहिर खेल्न पठाउँदा, सार्वजनिक स्थान तथा भिडभाडमा लग्दा एक्लै नछाड्न आग्रह समेत गरेको छ ।