कपिलवस्तु, २४ बैशाख । प्रहरीले हस्तक्षेप गरेपछि बालविवाह रोकिएको छ ।
कपिलवस्तु १२ सौराहाको अकरवरपुर गाउँमा बालविवाह हुन लागेको सूचनापछि पुगेको प्रहरीको टोलीले विवाह रोकेको हो ।
गाउँका लक्ष्मण यादवले १४ बर्षीया छोरी सञ्जु यादवको कृष्णनगर १२ हथियागढका युवासँग विवाह तय गरेका थिए ।
शुक्रबार दिउँसो प्रहरी पुग्दा विवाहको तयारी चल्दै थियो । बाविवाह गराएको आरोपमा बाबुलाई प्रहरीले नियन्त्रणमा लियो ।
यो कुरा बेहुलासहित जन्तीले थाहा पाएपछि बाटेबाटै उतै फर्किए र विवाह रद्द भयो । विवाह तयारी गरिरहेका छरछिमेक पनि प्रहरी देखेपछि भागेका थिए । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्