काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नि प्रसाद सापकोटालाई टेलिफोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले आज सभामुख सापकोटालाई टेलिफोन गरी प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न समितिको बैठक बोलाउन आग्रह गरेका स्रोतले जनाएको छ ।
प्रतिनिधि सभा बैठक बुधबार बस्ने तय भएको छ । प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल हुने सम्भावना छ ।










प्रतिक्रिया दिनुहोस्