अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३ फागुन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १२ सयले बढेर प्रतितोला ९६ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।