राजनीति

‘महेश बस्नेत एमालेको खम्बा हुन् : ढाडस दिने काम बन्द गर्नुस्’



नेपाली युवाको मात्र हैन, आम नेपालीको आशा र भरोषाको केन्द्र विन्दुका रुपमा महेश बस्नेतको परिचय आउँछ । एमाले, युवा र विकासको नेतृत्व गर्ने शतिसाल झैं अगाडी बढ्ने आट, क्षमता, योग्यता तथा वौद्धिक वर्गको नेताको रुपमा महेश बस्नेतलाई लिइन्छ । पार्टी तथा एमालेका नेतृत्वको सरकारको पालामा पार्टी र सरकारलाई बचाउन आफ्नो जस्तोसुकै परिस्थितीलार्ई सामना गरी लोकतन्त्र विरोधी, भ्रष्टाचारी तथा स्वार्थको लागि आफ्नो मातृभूमिलाई समेत विर्सने कांग्रेस, माओवादीलगायतका पार्टीको विरुद्धमा सडक बाघको रुपमा नेतृत्व गरी त्यस्ता तत्वलाई ठिक पार्ने संगठन हो राष्ट्रिय युवा संघ । जसको इन्चार्ज महेश बस्नेत हो । महेश बस्नेतकै नेतृत्वमा युवा संघ जनताको मन मनमा बस्न सफल भएको छ । यसैले गर्दा महेश बस्नेतको राष्ट्रिय राजनीतिमा समेत उल्लेख माग र आवश्यकता पार्टीमा महशुस गरीरहेको प्रष्ट छ ।

राष्द्रिय युवा संघ नेपाल लाखौं युवाहरुको भावना र ढुकीढुकी हो, नेकपा ९एमाले०को खम्बा हो । युवा संघ, आन्दलोनको बाघ हो युवा संघ, त्यसै गरी लाखौं युवाहरुको ढुक ढुकी, प्रेरणको स्रोत हो महेश बस्नेत, संगठनलाई चुस्त दरुस्त बनाउने, युवाहरुमा उर्जा भर्ने, दशै भरीका युवाहरुलाई समेट्ने महेश बस्नेत हुन् । युवा संघ नबुझेका र केहि निहित स्वार्थमा संगठनमा खेल्ने खोज्नु क। खगराज अधिकारीको ठूलो भुल हो । युवा संघलाई चुस्त दरुस्त देख्न नसक्नेहरुलाई ढाडस दिने काम बन्द गर्नु कमरेड । महेश बस्नेत ब्यक्ति मात्र होइन युवाहरुको सोच, भरोसा र भावना हो । हामी युवाहरुको भावनामा खेलवाड गर्ने कार्य बन्द गर्नुस्, अन्यथा ठूलो मूल्य चुकाउने पर्ने छ ।

दिपेश खड्का
राष्ट्रिय युवा संघ नेपाल, केन्द्रीय कमिटी