राजनीति

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक



काठमाडौँ, ३ फागुन । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

बुधबार संसदीय दलको बैठक १० बजे बस्ने भएको हो । प्रतिनिधि सभा बैठकअघि माओवादी केन्द्रको संसदीय दलको बैठक बस्न लागेको हो ।

पछिल्लो घटनाबारे ब्रिफिङ र समसामयिक विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको माओवादीले जनाएको छ । बुधबार १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।