राजनीति

राप्रपा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगको विपक्षमा



काठमाडौँ, ३ फागुन । राप्रपाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोगको खेलमा आफ्नो पार्टी सहभागी हुने निर्णय गरेको छ ।

मंगलबार बसेको पदाधिकारी बैठकबाट महाभियोग प्रस्ताव दर्ता भएको विषय अदालतमा राजनीतिक दबाब, प्रभाव, हस्तक्षेप र भागवण्डाको विगतको क्रियाकलापको दुष्परिणाम र त्यसकै निरन्तरताको रुपमा रहेको निष्कर्ष समेत निकालिएको छ । महाभियोग न्याय क्षेत्रमा रहेको हालको विकृति विसंगतिको समाधान नभएको भन्दै राप्रपाले यसको मुल दोष प्रणालीमा रहेको जनाएको छ । ‘प्रणालीमा आमूल सुधार नभएसम्म यस्तो अवस्था आइरहनेछ । राप्रपा महाभियोगको खेलमा समावेश हुने छैन’, बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अदालतको मर्यादा विपरीत न्यायाधीशहरूले इतिहासमै पहिलोपटक हडताल गर्ने, कानुन व्यवसायीले निरन्तर आन्दोलन गर्ने, राजनीतिक दलले न्यायालयलाई दबाब र प्रभावमा पार्ने अवस्थाले न्यायालयलाई कमजोर बनाइरहेको भन्दै राप्रपाले यो चिन्ताको विषय भएको जनाएको छ ।