विश्व

तान्जानिया बस दुर्घटनामा उनान्तीस बालबालिकाको मृत्यु



केन्या, २३ वैशाख । तान्जानियाको उत्तरी क्षेत्रमा शनिबार एक विद्यालयको बस दुर्घटनाग्रस्त हुँदा यसमा विद्यालय हिँडिरहेका २९ बालबालिकाको मृत्यु भएको छ भने घटनामा दुई शिक्षक र चालकको पनि मृत्यु भएको विद्यालयका निर्देशकले बताएका छन् ।

हाम्रा २९ जना बालबालिका, दुई शिक्षक र एक चालकको घटनास्थलमा मृत्यु भएको छ –लक्की भिनसेन्ट प्राथमिक विद्यालयका इनोसेन्ट मुसिले बताउनुभयो ।

मृतकमध्ये १२ जना बालक र १७ बालिका रहेका छन् । बस सडकबाट चिप्लिएर कराटु जिल्लाको मरेरा नदीको खोचमा खसेपछि यसमा यात्रारत सबैजनाको मृत्यु भएको हो । एएफपी