Banner News

निर्वाचन आयोगद्वारा स्थानीय तह चुनावका लागि दल दर्ता आह्वान



काठमाडौँ, ४ फागुन । निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख ३० गते हुने निर्वाचनको लागि कार्यतालिका अनुसार फागुन ५ गते सूचना प्रकाशित हुने जानकारी दिनुभयो । उहाँले भननुभयो, ‘आयोगको माघ २८ गते शुक्रबारको बैठकले निर्वाचनको कार्यतालिका स्वीकृत गरिसकेको छ । भोलि सूचना आउँछ ।’

सरकारले वैशाख ३० गतेका लागि तोकेको स्थानीय तहको निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता गर्न बुधबार सर्वोच्च अदालतले आदेश दिएको छ । यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहको रिट दर्ता गर्न न्यायाधीश ईश्वर खतिवडाको इजलासले बुधबार आदेश दिएको हो ।

यो आदेशअनुसार अब सर्वोच्च प्रशासनले स्थानीय तहको निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता गर्ने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताउनुभयो ।