समाचार

काठमाडौँमा शंकास्पद वस्तु फेला



काठमाडौँ, ६ फागुन । काठमाडौँको कलंकीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार सडक पेटीमा दुईवटा कुकर बम फेला परेको हो । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधबार नेपाल बन्दको आयोजना गरेका थिए । बम राख्नेहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।