काठमाडौँ, ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सधैं लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज ७२औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले भनेका छन्, ‘संवैधानिक प्रबन्धको गलत व्याख्याद्वारा हामीलाई सरकारबाट बाहिर पुर्याइएपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रुपमा अगाडि बढाउन चाहन्छौं ।’











प्रतिक्रिया दिनुहोस्