समाचार

टिप्परको ठक्करबाट एक बालिकाको मृत्यु



भक्तपुर, ८ फागुन । जिल्लाको  चाँगुनारायण नगरपालिका वडा नम्बर–८ मा टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बा.४ ख.७३५२  नम्बरको टिप्परको ठक्करबाट काभ्रेको महाभारत गाउँपालिका–२  घर भएकी ८ वर्षीया विनिता मगरको मृत्यु भएको हो ।

 शनिवार साँझ टिप्परको ठक्करबाट गम्भिर घाइते भएकी बालिकाको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने टिप्पर चालक भक्तपुर नगरपालिका–८ स्थित जेला बस्ने २७ वर्षीय राजेश कुश्मालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।