काठमाडौँ, ९ फागुन । थप ४ सय ८८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७५ हजार ८ सय ६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ११ हजार २ सय ८२ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १२ सय ५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ५२ हजार ५ सय ९९ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय २५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्