काठमाडौँ, १० फागुन । काठमाडौँको मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् ।
गएराति काठमाडौँ प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरी प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्