सम्पादकीय

कोटेश्वरको गेस्टहाउसमा युवतीको हत्या



काठमाडौं, २५ वैशाख । कोटेश्वरको एक गेस्टहाउसमा युवतीको हत्या भएको छ ।

आकासेपुलस्थित होटेल होम गेस्टहाउस एन्ड रेस्टुरेन्टमा काभ्रे महांकालचौर-८ घर भएकी २८ बर्षीया लक्ष्मी तामाङको हत्या भएको हो ।

होटेलमै बसेका विष्णु सापकोटाले उनको त्या गरेको प्रहरी आशंका छ ।

सापकोटाले आइतबार बिहान केही समय एयरपोर्ट गएर आउने बताएका थिए । तर दिउँसो नआएपछि उनी बसेको कोठा खोलेर हेर्दा तामाङको शव भेटिएको हो ।

शवमा निलडाम रहेकाले हत्या नै गरिएको प्रहरीले जनाएको छ । नयाँ पत्रिकामा समाचार छ ।